९२ शतप्रतिशत रोपाईं सम्पन्न

0
Shares

काठमाडौं, (नेस)
मंगलबरसम्म मुलुकभर औसत ९२ दशमलव २५ प्रतिशत मात्र रोपाई सकिँदा पश्चिम तराईका २ जिल्लामा भने शतप्रतिशत रोपाई सकिएको छ । कृषि प्रसार निर्देशनालयका अनुसार प्रदेश नम्बर ७ को तराईका जिल्ला कैलाली र कञ्चनपुरमा शतप्रतिशत रोपाईं सम्पन्न भएको हो ।

निर्देशनालयका अनुसार ती दुई जिल्लामा वर्षे धान लगाइने कुल १ लाख २० हजार १ सय ९६ हेक्टर जमिनमा रोपाई सकिएको छ । यस अवधिसम्ममा उच्च पहाडी क्ष्ँेत्रका १४ जिल्लामा ९४ दशलमव शँन्य ६ प्रतिशत, मध्य पहाडी क्षेत्रका ३९ जिल्लामा ९२ दशमलव शँन्य २ प्रतिशत र तराई क्षेत्रका २० जिल्लामा ९२ दशमलव २४ प्रतिशत रोपाई सम्पन्न भएको छ । उच्च पहाडी क्षेत्रका पँर्वी जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु जिल्लामा औसत ८८ प्रतिशत मात्र रोपाई सकिएको निर्देशनालयको तथ्यांकले देखाउँछ ।

निर्देशनालयका अनुसार मुलुकभर करिब १५ लाख ५२ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा वर्षे धान रोपाई हुने गरेको छ । गत वर्ष यस अवधिसम्ममा करिब ८३ प्रतिशत जमिनमा मात्र रोपाई सम्पन्न भएको थियो । यस वर्ष समयमै मनसुन शुरु भएको कारण गतवर्षको भन्दा चाँडै रोपाई सम्पन्न हुने निर्देशनालयले जनाएको छ ।