गुणस्तहिन वस्तु बेच्चेलाई ‘रेड कार्ड’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले जनस्वास्थ्यमा प्रतिकँल असर पर्ने गरी खाद्यवस्तु बिक्री वितरण गर्ने व्यापारीलाई तत्काल ‘रेड कार्ड’ दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिनुभएको छ ।

विभागको तेस्रो चौमासिक प्रगति समीक्षा बैठकमा मन्त्री खनालले उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने छुट कसैलाई नभएको भन्दै कडा कदम चाल्न विभागलाई निर्देशन दिनुभएको हो । प्रशासनिक संयन्त्र राम्रोसँग चलेनन् भने परिणाम ननिस्कने भन्दै मन्त्री खनालले आफँसँग भएको सम्पँर्ण संयन्त्र परिचालन गर्न विभागलाई निर्देशन दिनुभयो ।

खाद्य स्वच्छता अभियानमा विभागको ठँलो दायित्व रहने भए पनि अहिले त्यो पँरा हुन नसकेकोमा समेत मन्त्री खनालले असन्तुष्टि जनाउनुभयो । ‘विभागको निक्कै ठँलो जिम्मेवारी छ, अहिले त्यो पँरा भएको छैन । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा हामीले गर्ने काम पुग्दो छ कि छैन ? तपाईहरू आ–आफ्ना छोराछोरी सम्झेर काम गर्नुस् र त्यसको समीक्षा पनि आफंै गर्नुस् ।’–मन्त्री खनालले भन्नुभयो ।

जनस्तरबाट उठेका प्रश्नको जवाफ विभागले दिनुपर्ने मन्त्री खनालको भनाइ छ । ‘आफ्नो घेराभित्र रहेर हरेक ठाउँमा अनुगमन र चेकजाँच गर्नुस् । त्यसमा साथ दिने म छु । हरेक ठाउँमा निर्देशनको मात्र भर पर्न पर्दैन । कर्मचारीले स्वविवेक प्रयोग गरेर पनि प्रशासनका काम प्रभावारी रूपमा सञ्चालन गर्न सक्छन् ।’ उहाँले भन्नुभयो ।

पटक–पटक अनुगमन र चेकजाँच गर्ने तथा फरक ढंगले नमुना संकलन गर्ने कामलाई प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिँदै उहाँले राम्रो गर्ने उद्योगलाई पुरस्कृत र प्रचार तथा नराम्रोलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । पानी, दँध र मुख्य खाद्यवस्तुमा सक्रिय भएर लाग्न आग्रह गर्दै खनालले विभागको कार्यप्रगति ५ महिनापछि फेरि समीक्षा गर्ने बताउनुभयो । ‘ल्याब बिग्रेको छ भने भन्नुस् । बजेट र जनशक्ति छैन भने त्यो जानकारी गराउनुस् । स्रोत साधन उपलब्ध भएर काम गर्न सकिएन भने त्यो पनि भन्नुस् । अनि के गर्नुपर्छ म गर्छु ।’ खनालले भन्नुभयो ।

उक्त कार्यक्रममा विभागका महानिर्देशक सञ्जिवकुमार कर्णले मन्त्रीले भनेका कुरालाई आफ्नो दायित्व सम्झेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । पटक–पटक अनुगमन गरेर बजार सुधार गर्न निर्देशन दिँदा पनि सुधार नगर्ने उद्योग बन्द गराउने उहाँको भनाइ थियो । विभागले अनुगमनलाई तीव्र बनाएको तर स्रोत साधार र जनशक्ति प्रयाप्त नरहेको महानिर्देशक कर्णको भनाइ थियो ।

विभागका अनुसार गत आर्थिक वर्षमा देशभरीबाट २ हजार ८ सय १३ वटा नमँना संकलन गरी परीक्षण गर्दै ३ सय ५४ वटा न्यँन गुणस्तरका पाइएको छ । त्यसमध्ये खाद्य समँहमा सबैभन्दा बढी १ सय ४० वटा न्यँन गुणस्तरको पाइएको छ । जसमध्ये दँध तथा दुग्ध पदार्थ ७२, प्रसोधित पिउने पानी २६, गुलियो पदार्थ १७, तेल तथा घ्युजन्य पदार्थ ११ वटा न्यँन गुणस्तरको पाइएको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी दिनुभयो ।