काठमाडौं, (नेस)
ओपोले नयाँ मिड–रेञ्ज क्यामेरा फोन–एथ्रीएस नेपाली बजारमा ल्याएको छ । दक्षिण एसियाली बजारमा एथ्री एस १३ प्लस २ एमपी डुअल रियर क्यामेरा र ८ एमपीएआई इनेबल्ड फ्रन्ट क्यामेरा तथा सुपर फुल स्क्रिन सुसज्जितओपोको पहिलो उपकरण हो ।
२ जीबी ¥याम र १६ जीबी सञ्चय क्षमता, क्वालकम स्न्यापड्रागन ४५० ओक्टा कोर प्रोसेसर र ४२३० एमएएच ब्याट्री जडित नव प्रवर्तनात्मक फिचर्स सुसज्जित एथ्रीएसको मँल्य १९ हजार ४ सय ९० रुपियाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
ओपोका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने–‘डुअल क्यामेरा सेटअप, सुपर फुल स्क्रिन, शक्तिशाली ब्याट्री क्षमतालगायत अत्याधुनिक फिचर्ससहितको फोन सुलभ मँल्यमा उपलब्ध होस् भन्ने युवामा चाहनाअनुसार हामीले ओपो एथ्रीएस उपलब्ध गराएका हौं । हरेक दिन स्मारणीय पलबिना कुनै रोकावट तस्वीरका रुपमा कैद गर्न सकियोस् भन्ने सोचका साथ यसमा हामीले शक्तिशाली ब्याट्री उपलब्ध गराएका छौं ।’
ओपोले उपलब्ध गराउने एआई ब्यँटी प्रविधि साधारण सफ्टवेयर प्रोग्रामका रुपमा मात्र नभई व्यावसायिक फोटोग्राफरले झैँ काम गर्ने क्षमता राख्छ । यो प्रविधिले प्रिमियम सप्लायर्समार्फत उपलब्ध क्लाउड डाटा बेसमा उपलब्ध बृहत्त फेसियल रिकग्निसनमार्फत उत्कृष्ट तस्वीर कैद गर्न सघाउँछ ।
ओपो एथ्रीएसमा कम्पनीले ८ एमपी फ्रन्ट लेन्स र १३ प्लस २ एमपी डुअल रियर लेन्स उपलब्ध गराएको छ । फोनको फ्रन्ट क्यामेरामा प्रयोगकर्तालाई तस्वीरमा उत्कृष्ट देखाउन सघाउने एआई ब्युटी प्रविधि उपलब्ध गरिएको छ ।
फोनमा रहेको फ्रन्ट क्यामेराले उत्कृष्ट, सटिक र प्राकृतिक सेल्फी खिच्न सघाउनु छ । त्यसैगरी, यसमा रहेको डुअल रियर क्यामेरा मार्फत श्यालो डेफ्ट ईफेक्ट सहितका सटिक तथा वाइड एंगलतस्विर समेत खिच्न सकिन्छ ।
फोनमा रहेको ६ दशमलव २ इन्च सुपर फुल नोच स्क्रिन र ८८ दशमलव ८ प्रतिशत हाई रेसियो स्क्रिनले प्रयोगकर्तालाई उत्कृष्ट तथा अभुतपूर्व दृश्यानुभँति उपलब्ध गराउँछ । फोनमा स्क्रिन रेसियो मिलाउनका लागि कम्पनीले बोर्डर १६ प्रतिशतले पातलो बनाउँदै २ दशमलव शँन्य ५ एमएम पातलो बनाएको छ ।











प्रतिक्रिया