विराटनगर, (नेस)
प्रदेश नम्बर १ सरकारको समन्वयमा संघीय सरकारले भारतस्थित वाणिज्य तथा आपँर्ति मन्त्रालयसँग वार्ता गरीे निकासी सहज बनाउन पहल गरेपछि गोलभेंडाको निकासी सहज भएको छ ।
दुई देशीय आपँर्ति मन्त्रालयका सचिवस्तरीय छलफलपश्चात सोमबारदेखि तत्कालका लागि गोलभेंडा निकासीमा लगाइएको प्रतिबन्ध हटाउनका साथै नेपालबाट निर्यात हुने वस्तुको सँचीमा गोलभेंडालाई समावेश गर्न प्रक्रिया थाल्ने सहमति भएको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङवोले जानकारी दिनुभयो ।
नेपाली गोलभेंडा निकासीमा भारतले लगाएको प्रतिबन्ध हटेसँगै पँर्व क्षेत्रका धनकुटा, इलाम पाँचथरमा उत्पादित गोलभेडा भारतीय बजारसम्म निकासी हुन थालेको छन् । नेपालबाट भारत निर्यात हुने सामग्रीको सँचीमा गोलभेडा नरहेको भन्दै असार १४ गतेदेखि सिमानाकाबाट भारतले गोलभेंडा निर्यात हुन दिएको थिएन ।
निकासी नभएपछि करोडौंको गोलभेंडा केही बोटमै त केही संकलन केन्द्रमा कुहिएको समाचार सार्वजनिक भइरहेका बेला १ नम्वर प्रदेश सरकारको समन्वयमा संघीय सरकारले भारतस्थित वाणिज्य तथा आपुर्ति मन्त्रालयसँग वार्ता गरी गोलभेंडाको निकासी सहज बनाउन पहल गरेको हो ।
दुईपक्षीय वार्तापछि सोमबार नेपाली गोलभेंडा भारत प्रवेश गरेको व्यवसायीले बताएका छन् ।
पाँचथरको गोलभेंडा झापाको बिर्तामोडस्थित कृषि थोक बजार केन्द्र हुँदै पानी ट्यांकी नाका भएर सिलगुडीसहित भारतका विभिन्न बजारसम्म निकासी हुने गरेको थियो । तर, गत असार १४ गतेदेखि भारतीय अवरोधसँगै निकासी ठप्प भएको थियो ।
निकासी खुकुलो भएपछि पाँचथरका गोलभेंडा किसानले राहत महशुस गरेको किसान महासंघ पाँचथरका अध्यक्ष गणेशप्रसाद पोखरेलको भनाइ छ । करिब डेढ महिना भारत निकासी नहुँदा गोलभेंडाको पकेट मानिएका जिल्लाका किसानले उत्पादन गरेको करोडौको गोलभेंडा कुहिएर नष्ट भएको कृषि कार्यालयहरुले जनाएका छन । सरकारले प्रदेश नम्बर १ को पाँचथरको हिलिहाङ र याङवरकलाई गोलभेंडाको पकेट क्षेत्र घोषणा गरेको छ ।
त्यहाबाट गतवर्ष ३ करोड २८ लाख रुपिंयाँको गोलभेंडा निकासी भएको थियो ।
यो वर्ष मुख्य सिजनमै निकासी ठप्प हुँदा किसानलाई अधिकतम् क्षति भएको बताइएको छ ।











प्रतिक्रिया