सद्धार्थ बैंकको टाँडीमा शाखा



काठमाडौं, (नेस)
सिद्धार्थ बैंकले चितवनको टाँडीमा बिहीबार एक कार्यक्रमका बीच आप्mनो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ। सो शाखा उद्घाटन बैंकका सञ्चालक महेशप्रसाद पोखरेल र भगत विष्टले संयुक्त रूपमा गर्नुभएको थियो। बैंकले सो शाखा कार्यालयमार्फत् सम्पूर्ण बैंकिङ सेवाका साथमा एटीएम सेवा पनि उपलब्ध हुने जानकारी गराएको छ।

बैंकले हाल देशभर सञ्चालनमा रहेका ७० शाखा, २ एक्स्टेन्सन् काउन्टर, ८८ एटीएम,७० शाखारहित बैंकिङ सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।

चालू आर्थिक वर्ष २०७३÷७४ को चैत मसान्तसम्म बैंकले ९५ करोड ७० लाख रुपियाँ नाफा आर्जन गर्न सफल भएको थियो। सोही अवधिमा बैंकको कुल निक्षेप ७५ अर्ब २७ करोड र कर्जा लगानी ६६ अर्ब २६ करोड रुपियाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्