यती एयरलाइन्सका बसमा एसडीजी स्टिकर



काठमाडौं, (नेस)
यती एयरलाइन्सका बसमा संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य (एसडीजी) का स्टिकर राखिएको छ। साथै कम्पनीले दुई नयाँ एयरपोर्ट सटल बस पनि सार्वजनिक गरेको छ।

विमानस्थलमा टर्मिनल र विमानबीचको यात्रा गर्दा एसडीजी फ्लायर्स र लिफलेट सहितका यी बसले यात्रुलाई दीर्घकालीन विकास योजना अन्तर्गतका लक्ष्यका बारेमा जानकारी दिनुका साथै, यसको प्राप्तिका लागि तिनले गर्न सक्ने सहयोग तथा कार्यका बारेमा सुसुचित गर्ने बताइएको छ।

नेपाललगायत राष्ट्र संघका सदस्य राष्ट्रले एसडीजी सन् २०१५ मा आत्मसात गरेका हुन्।

यस अन्तर्गत सन् २०३० सम्ममा समस्त जनता तथा ग्रहका लागि गरिबी निवारण गर्दै समानता सहितको सुखी, सुरक्षित विश्व स्थापना गर्ने साझा लक्ष्य लिइएको छ।

प्रतिक्रिया दिनुहोस्