भिवोर सोसाइटी डेभलपमेन्ट बैंक बुटवलमा



काठमाडौं, (नेस)
भिवोर सोसाइटी डेभलपमेन्ट बैंकले बुटवल उपमहानगरपालिका–१३ स्थित देवीनगरमा ४५औं शाखा शुभारम्भ गरेकोछ। उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले गर्नुभयो।

उक्त कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष सुशीलराज पराजुलीले गर्नुभयो। त्यसक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनालले त्यस क्षेत्रमा रहेका जनतामा सरल र सहज बैंकिङ पहँुचक पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्