गुल्मीमा भारतिय भु.पु.लाई १ अर्ब भन्दा वढी पेन्सन वितरण



अनिल खत्री, गुल्मी । गुल्मीमा चलिरहेको भारतिय सेना र बिभिन्न संस्थाबाट अबकास प्राप्त भु.पु. सैनीकहरुका लागी बितरण गरिने पेन्सन क्याम्प सम्पन्न भएको छ । बैशाख २८ बाट सुरु भएको बितरण क्याम्प १३ दिन सम्म चलेको जिल्ला शैनिक बोर्ड गुल्मीका सेक्रेटरी बिष्णुकुमार थापाले जानकारी दिए ।

जिल्लाको सदरमुकाम तम्घासमा बितरण गरिएको क्याम्पबाट करिव १ अर्ब १५ करोड बितरण भएको भारतिय पेन्सन बितरण क्याम्पले जनाएको छ । जिल्ला बितरण गरिएको क्याम्पबाट ६ हजार भन्दा वढी भूपु सैनिकले पेन्सन बुझेका छन् । केहिले बैकबाट बुझने गरेता पनि अधिकांशले पेन्सन क्याम्पबाट रकम बुझने गर्दछन् ।

पेन्सन बितरण क्याम्प चले सगै बितरणले सधै जसो शुन्य रहने तम्घासको बाख्रेछेडा बजार पनी चहलपहल वढ्को थियो । बितरण क्याम्पलाई मध्ंय नजर राखेर जिल्ला भित्र तथा भारतका बिभिन्न ठाउँबाट आएका बिभिन्न व्यावसायका पसलहरु राखेर बजार लाग्ने गर्दछ । पेन्सन बितरण सगै बजार लाग्नाले तम्घासमा चहलपहल समेत वढ्ने गर्दछ ।

भारतिय सेना र भारतका बिभिन्न संघ संस्थाबाट अबकास प्राप्त भूपुलाइ पेन्सन बितरण क्याम्प प्रत्येक वर्षको ६/६ महिनामा बितरण गरिदै आएको छ । सदरमुकाम तम्घासमा संञ्चालन भएको पेन्सन वितरण क्याम्पबाट गुल्मी जिल्ला लगायत बाग्लुङ्ग, अर्घाखाँची,प्युठान लगायतका ठाउँका भूपू करिव ७ हजार पेन्सनर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्