‘हिन्दूजा ब्रदर्श’ बेलायतकै सर्वाधिक धनी



नेपाल समाचारपत्र
काठमाडौं
बहुराष्ट्रिय हिन्दुजा ग्रुप, बेलायतको सर्वाधिक धनीको सुचीमा सुचीकृत भएको छ। एकै परिवारका चार दाजुभाइ आवद्ध कम्पनी यस वर्ष ३ दशमलव २ अर्ब पाउन्ड सम्पति बढाउँदै सर्वोत्कृष्ट सुचीमा परेको हो।

सो कम्पनीको कुल सम्पति १६ दशमलव २ अर्ब पाउन्ड रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। कम्पनीले यसवर्ष तेल, ग्यास, प्रविधी, मेडिया, स्वास्थ्य जस्ता क्षेत्रमा गरिएको लगानीबाट प्रतिफल बढाएको बेलायती अखबार ‘सन्डे टाइम्स’ले उल्लेख गरेको छ। उनीहरूको सबैभन्दा पछिल्लो परियोजना वेस्टमिनिस्टर, लन्डनको पुरानो युद्ध कार्यालयलाई पाँचतारे होटेल तथा सुविधासम्पन्न अपार्टमेन्ट बनाउने रहेको छ।

हिन्दुजा दाजुभाइ गतवर्ष सोही सुचीको दोस्रो स्थानमा रहेका थिए। गतवर्ष सुचीको शिर्षस्थानमा रहेका युक्रेनी व्यापारी लेन ब्लाभात्निकले सुचीको दोस्रो स्थान ओगटेका छन्। हिन्दुजा ग्रुप बर्तमान मालिक श्रीचन्द, गोपिचन्द, प्रकाश, अशोक हिन्दुजाका पिता परमानन्द दीपचन्द हिन्दुजा गरी चारदाजुभाइले स्थापना गरेका थिए। सन् १९७९ मा लन्डनलाई विजनेसका केन्द्र बनाउनुपुर्व हिन्दुजा ग्रुप तत्कालिन भारतको सिन्ध क्षेत्रमा व्यापार गरी ईरान हुँदै बेलायत सरेको थियो। ग्रुपका चार मालिकमध्ये श्रीचन्द, गोपिचन्द बेलायतमा बस्छन् भने अशोक जेनेभामा तथा प्रकाश मुम्वईमा व्यापारिक कारोवार गर्छ।

बेलायतका १ सय ३४ अर्बपतिको सुचीमा हिन्दुजा ग्रुप यसवर्ष सर्वोत्कृष्ट सुचीमा रहेको सो पत्रिकाले जनाएको छ। सन्डे टाइम्सले हरेक वर्ष वेलायतका सर्वाधिक धनी व्यक्ति तथा कम्पनिको सुची सार्वजनिक गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्