सानो कथामा ठूलो हाँसो ककाकिकीको रमाइलो संसार


हास्यप्रधान फिल्मको सफलता त्यसले दर्शकलाई कति हँसाउन सक्यो भन्नेमा पनि निर्भर गर्छ। भोलि शुक्रवार रिलीजमा आउने फिल्म ककाकिकीले भने सार्वजनिक प्रदर्शनअघि नै फिल्मको हास्य प्रभाव देखाएको छ।

मंगलबार राती राजधानीमा आयोजित प्रिमियर शोमा फिल्मका विभिन्न दृश्यले हलमा लगातार हासोको माहोल सिर्जना ग¥यो। घरी भावुक बनायो, घरी सोच्न बाध्य बनायो त घरी हासो छरिरह्यो। फिल्म हेरेका कलाकार, निर्देशक तथा निर्माताले यसको कथावस्तु, प्रस्तुतीकरण र कलाकारको अभिनयको प्रशंसा गरे।

बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशनमा बनेको फिल्मको प्रिमियरमा मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, वसुन्धरा भुसाल, चैत्यदेवी, राजाराम पौडेल, किरण केसी, मिलन चाम्स, आकाश अधिकारी, अशोक शर्मा, शोभित बस्नेत, जयकिशन बस्नेत, विल्सन विक्रम राई, गायक शिव परियार, गायिका एलिना चौहानलगायतले फिल्म हेरेर यसको तारिफ गरेका थिए। प्रिमियरपछि सहभागी फिल्मकर्मीले फिल्मको फरक प्रस्तुतीकरण र निर्देशकद्वयको मेहनतको प्रशंसा गरेका थिए। कमेडी जनरामा बनेको फिल्मका दृश्यमा हलमा हाँसोका फोहोरा छुटेका थिए। कथालाई प्रस्तुत गरिएको शैली र कलाकारको अभिनयले दर्शकलाई मनोरञ्जन दिने उनीहरूको विश्वास थियो।

निर्देशक बिक्की अग्रवालले फिल्मबाट प्राप्त प्रतिक्रियाले आफूहरूलाई उत्साहित तुल्याएको बताए।कलाकार तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा र महेश त्रिपाठीले पनि प्रिमियरबाट प्राप्त प्रतिक्रियाले उत्साहित बनाएको बताए। अब आफूहरू आमदर्शकको प्रतिक्रियाको प्रतीक्षामा रहेको उनीहरूको भनाइ थियो। फिल्मलाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ। यसस“गै सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउने भएका छन्।

सानो कथामा ठलो हाँसो र रहस्य बोकेको फिल्ममा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटालगायतका कलाकारले अभिनय गरेका छन्।

श्रद्धा प्रसाईं र सुमित्रा थापाद्वारा निर्मित फिल्मको कन्सेप्ट सुमन अग्रवालको हो। कथा तथा पटकथा बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले लेखेका छन् भने विश्वास तिमल्सिना (बीटी कान्छा) स्क्रिप्ट डाक्टर रहेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।