महिलाप्रति समाजको दृष्टिकोणमाथि

सिन्दुरे जात्राबाट अञ्जनाको प्रश्न


अभिनेत्री अञ्जना बराइलीले फिल्म सिन्दुरे जात्रालाई महिलाको कथा र समाजको दृष्टिकोणमाथि प्रश्न उठाउने सशक्त प्रयासका रूपमा व्याख्या गरेकी छन्। उनका अनुसार फिल्मले महिलालाई नेपाली समाजले आजसम्म कसरी हेर्दै आएको छ भन्ने विषयलाई कथाको केन्द्रमा राखेको छ।

फिल्मको नामले नै आफूलाई आकर्षित गरेको बताउने अञ्जना कथा पढेपछि यसमा काम गर्ने निर्णयमा पुगेकी हुन्। कथा मन परेपछि समय मिलेको अवस्थामा आफू पनि फिल्ममा जोडिने सोच बनाएको र सोहीअनुसार अनुबन्ध भएको उनले बताइन्। निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको सिन्दुरे जात्रामा केही कलाकार, निर्देशक र प्राविधिक पौडेलको ब्लक बस्टर फिल्म पूर्णबहादुरको सारंगीस“ग जोडिएका छन्। तर, कलाकार, निर्माता तथा प्राविधिकको ठूलो हिस्सा फरक रहेको उल्लेख गर्दै अञ्जनाले दुवै फिल्मको कथावस्तु पनि बिल्कुलै फरक रहेको स्पष्ट पारेकी छन्।

सिन्दुरे जात्रा फिल्म पूर्ण बहादुरको सार“गीको सिक्वेलजस्तो फिल्म नभएको उनको भनाइ छ।
महिला पात्र र उनीहरूमाथि समाजले बनाएको धारणालाई फिल्मले उठान गरे पनि यसले कुनै पक्षको वकालत नगर्ने अञ्जनाले बताइन्। फिल्मले न्यायाधीश बनेर सही र गलत छुट्याउनेभन्दा पनि दर्शक र समाजलाई नै सोच्न बाध्य बनाउने उनको बुझाइ छ। ‘हामीले यो पटक प्रश्न उठाउने प्रयास गरेका छौ“’ अञ्जना भन्छिन्, ‘महिलाप्रति समाजको धारणा सही छ कि छैन भनेर प्रश्न समाजलाई नै छोडेका छौ“।’ फिल्ममा आप्mनो चरित्रमार्फत मौन विद्रोह गरेको पनि उनले खुलाइन्।

फिल्ममा अञ्जनासगै विजय बराल, विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल, विनोद परियारलगायतका कलाकारले अभिनय गरेका छन्। सविन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक सरोज पौडेल स्वयंले तयार पारेका छन्।

सारंगी फिल्म्स्को ब्यानरमा नेम महर्जनद्वारा निर्मित फिल्ममा राकेश खड्का र श्याम मगर सहनिर्मात, सुमन रञ्जित एसोसिएट प्रड्युसर, अनिश अधिकारी लाइन प्रड्युसर र दिनेश खड्का कार्यकारी निर्माता रहेका छन्। आगामी १८ गते रिलिजमा आउने फिल्ममा विशाल घिमिरे क्रिएटिभ निर्देशक, प्रशान्त सिवाकोटी संगीतकार, पदमबहादुर श्रेष्ठ (बाबु) छायांकार र सुरेन्द्र पौडेलको सम्पादक रहेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।