बोलेरोको ठक्करबाट महिलाको मृत्यु

0
Shares

उदयपुर ।

 उदयपुरको बेलका नगरपालिका वडा नं ९ रामपुर बजारस्थित झण्डाचोकमा बिहीबार भएको सवारी दुर्घटनामा एक जना महिलाको ज्यान गएको छ ।
बिहीबार बिहान ०५ः३५ बजे बेलका नगरपालिका वडा नं ९ झण्डाचोकस्थित मदनभण्डारी राजमार्गमा मर्निङवाक गरिरहेको अवस्थामा बेलका नपा वडा नं ९ रामपुरबजार बस्ने वर्ष ५६ की लक्ष्मी माया राईलाई  प्र १—०५—००१ ज ००२२ नम्बरको बोलेरो गाडीले ठक्कर दिई दुर्घटना हुँदा  निज गम्भीर घाइते भई उपचारको लागि तत्काल नगर अस्पताल रामपुर पठाइएको थियो । राईको नगर अस्पताल रामपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर लागिएकोमा  बिहान ०८ः०९ बजे उक्त अस्पतालका चिकित्सकले मृत घोषणा गरेका छन् ।

 उक्त घटना स्थलमा प्रहरी टोली खटिई गई ठक्कर दिई फरार भएको बोलेरो र बोलेरो चालक जिल्ला भोजपुर आमचोक गाउँपालिका वडा नं ०१ बस्ने वर्ष ३७ को प्रेम विश्वकर्मालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।