उदयपुर ।
उदयपुरको पञ्चावती भगवती मन्दिर गाईघाटमा शनिवार स्थानीय भगवती मन्दिर व्यवस्थापन समिति, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय जनता सहितको सहभागितामा दशैको सप्तमीका दिन फूलपाती भित्र्याउने काम सम्पन्न भएको छ ।
शनिवार बिहान जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल ५ नं गण, पञ्चावती भगवती मन्दिर व्यवस्थापन समिति र स्थानीयसमेतको सहभागितामा बाजागाजा सहितको टोलीले बोक्सेस्थित पशुसेवा कार्यालय नजिक रहेको बेलको रुखमा वैदिक विधि पूर्वक पूजा अर्चना गरी बेलपत्र सहितको फूलपाती पञ्चावती भगवती मन्दिरमा भित्र्याइएको छ । नेपाली सेनाको पशुपतिप्रसाद गणले भगवती मन्दिर परिसरमा आफ्नो छुट्टै पूजा गरेर कालो बोको बलि दिएको छ ।

सो पूजा कार्यक्रममा कोशी प्रदेशसभाका माननीय उपसभामुख सिर्जना दनुवार, त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेत, उदयपुरका प्रमुख जिल्ला अधिकारीकृष्ण बहादुर शाही, त्रियुगा नपाकी उप प्रमुख महेश्वरी राई, नेपाली सेनाको पशुपतिप्रसाद गणका प्रमुख सनानी, नेपाल प्रहरीका प्रहरी उपरिक्षक राजन चापागाई, सशस्त्र प्रहरी बल ५ नं गण हेडक्वाटरका सशस्त्र प्रहरी उपरिक्षक, त्रियुगा नपाका १० नं वडाध्यक्ष लगायतका जनप्रतिनिधि तथा स्थानीयको ठूलो संख्यामा भिड लागेको थियो ।
पशुसेवा कार्यालय नजिक बेलपुजा पश्चात गाईघाट बजार हुँदै भगवती मन्दिरमा पुगेर विशेष पूजा अर्चना सहित फुलप्रसाद तथा फूलपाती भित्र्याएर कालो बोकाको बली दिइएको थियो ।











प्रतिक्रिया