उदयपुरकाे कटारीमा बाेलेराे दुर्घटना, १५ जना घाइते

0
Shares

उदयपुर ।

 उदयपुरकाे कटारी नगरपालिका वडा न ४ मरुवा खोला नजिक सिद्धिचरण लाेकमार्गमा साेमबार बिहान बाेलेराे दुर्घटना हुँदा १५जना घाइते भएका छन। 

उदयपुरकाे कटारी नगरपालिका ११ काे बेतिनी नजिककाे गहुबारीबाट कटारी बजारतिर आउँदै गरेकाे अवस्थामा यात्रु तथा अन्य मालसामान बाेकेर आउँदै गरेकाे  प्रदेश ३-०१-०२३ च ६५०६ नम्बरकाे बाेलेराे ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कटारी ४ काे मरुवा खोला चन्दा केही माथि सिद्धिचरण लाेकमार्गमा भएको सो दुर्घटनामा घाइते भएका १५ जना मध्ये ३ जना मध्यम घाइते भएका छन भने अन्य १२ जना सामान्य घाइते भएका छन । टाउकामा चोट लागेर मध्यम घाइते भएका ३ जनालाई थप उपचारकालागि कटारीस्थित प्रादेशिक अस्पतालबाट बिराटननगर रिफर  गरिएको प्रहरीले जनाएको छ ।

सिद्धिचरण लाेकमार्गबाट करिब १० मिटर तल खसेर भएको सो दुर्घटनामा कटारी २ का राम बहादुर मगर र कटारी ११ का निर्प बहादुर खड्का लगायतका मानिसको  टाउकाेमा चोट लागेकाेले थप उपचारकालागि बिराटनगर पठाएको छ ।अन्य घाइतेहरुकाे कटारी प्रादेशिक अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ ।