कोशी टप्पु नजिकै ‘सानो दारे’ हात्ती मृत अवस्थामा फेला

0
Shares

उदयपुर ।

उदयपुरको बेलका नगरपालिका १ मा कोशी टप्पु वरपर घुम्दै आएको एक भाले दारे हात्ती धानखेतमा मृत अवस्थामा फेला परेको छ ।
कोशी टप्पु वन्य जन्तु आरक्षको उदयपुर जिल्लामा पर्ने बेलका नगरपालिका १ स्थित हर्दिया पोष्ट नजिक धानखेतमा कोशी टप्पु वन्य जन्तु आरक्षको एक किलोमिटर पश्चिम तर्फ मंगलबार दिउँसो मृत अवस्थामा फेला परेको हो । उक्त हात्ती के कारणले मृत अवस्थामा फेला परेका हो सो एकिन भएको छैन । हिड्दा हिड्दै हर्ट ए्ट्याक भएर पनि मृत अवस्थामा भेटिएको हुनसक्छ । चर्ने क्रममा विषालु घाँस खादा वा विषालु सर्पले टोकेर, अन्य किराहरुले टोकेर पनि यस्तो हुन सक्ने वन्यजन्तु आरक्षका कर्मचारीहरुले बताएका छन् । तर पोष्टमार्टमको रिपोर्ट नआएसम्म एकिन भन्न नसकिने यनीहरले बताएका छन् ।

उदयपुर सुनसरी र सप्तरी जिल्लाको भूभाग समेटेर स्थापना भएको कोशी टप्पु वन्य जन्तु आरक्षको क्षेत्रमा केही वर्षदेखि जंगली हात्तीहरु घुम्दै चर्दै आएको छ । ति जंगली हात्तीहरुले तीन वटै जिल्लाका विभिन्न गाउँमा पसेर बेला बेलामा बितण्डा मच्चाउँदै आएको छ भने कैयौको घर गोठ उजाड पार्ने, अन्नबाली नास गर्ने , खेतबारीको बाली नष्ट गर्ने लगायतका उपद्रो गर्दे आएका थिए ।

डिभिजन वन कार्यालय गाईघाटका प्रमुख गजेन्द्रकुमार श्रेष्ठका अनुसार वन क्षेत्र नजिकै रहेको धानखेतमा वयस्क हात्ती मृत भेटिएको हो । हाती मृत भेटिएको उक्त स्थान कोशी टप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटरको दूरीमा पर्छ । हात्तीको मृत्युको कारण पत्ता लगाउन पशु चिकित्सक र वनका कर्मचारी, कोशी टप्पु वन्यजन्तु आरक्ष सहितको टोली परिचालन गरिएको श्रेष्ठले जानकारी दिए । हात्तीको शव परीक्षण गरेपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने उनको भनाइ छ । उनका अनुसार मृत भेटिएको हात्तीलाई स्थानीय क्षेत्रमा ‘सानो दारे’ नामले चिन्ने गरिएको थियो । प्रारम्भिक जानकारीअनुसार उक्त हात्ती पछिल्लो एक वर्षभन्दा बढी समयदेखि कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बस्दै आएको थियो ।

Skip This