उदयपुरका तीन पालिकाद्वारा जग्गाधनी पुर्जा वितरण

0
Shares

उदयपुर ।

 उदयपुरका तीन पालिकाले बिहीबार र शुक्रवार दुई दिनमा अलग अलग कार्यक्रम गरेर ९३ जना भूमिहीन दलित सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ ।

शुक्रवार कटारी नगरपालिका वडा न. १ बेलसोतका १० परिवारलाई र रौतामाई गाउँपालिकाको ५६ घर परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ भने बिहीबार त्रियुगा नगरपालिका वडा नं ५मा २७ घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ ।

शुक्रवार कटारी नगरपालिकाको वडा नं १ बेलसोतमा आयोजित एक कार्यक्रमका बिच  घरपरिवारका भूमिहीन, दलित सुकुम्वासी परिवारलाई कटारी नगरपालिकाका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले वितरण गर्नु भएको छ । 

 कटारी नगरपालिकाको आयोजनामा आज सम्पन्न जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रममा उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।
नगर प्रमुख राजेशचन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा बेलसोतका भूमिहीन दलित पदमबहादुर कामी, पृथ्वीबहादुर दमाई र दीपक मुसहर तथा भूमिहीन सुकुम्वासी श्यामबहादुर राई, पृथ्वीबहादुर पुलामी, सविताकुमारी वलम्पाकी, विष्णुबहादुर मगर, दिलबहादुर पुलामी, सुनिता कार्की खड्का र कृष्णबहादुर कार्कीलाई लालपुर्जा वितरण गरिएको हो ।

नगर प्रमुख राजेशचन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा बेलसोतका भूमिहीन दलित पदमबहादुर कामी, पृथ्वीबहादुर दमाई र दीपक मुसहर तथा भूमिहीन सुकुम्वासी श्यामबहादुर राई, पृथ्वीबहादुर पुलामी, सविताकुमारी वलम्पाकी, विष्णुबहादुर मगर, दिलबहादुर पुलामी, सुनिता कार्की खड्का र कृष्णबहादुर कार्कीलाई लालपुर्जा वितरण गरिएको हो ।

जग्गाधनी पुर्जा वितरण गर्दै नगर प्रमुख श्रेष्ठले आगामी दिनमा कटारी नगरपालिकाको अन्य वडामा रहेका भूमिहीन दलित सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई पनि जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने योजना रहेको बताउनु भयो ।

रौतामाई गाउँपालिकाको आयोजनामा  रौतामाई ७ मा पर्ने मुर्कुची बजारमा भएको कार्यक्रममा भुमिहीन दलित सुकुम्वासी ५६ घरलाइ जग्गा धनि पुर्जा वितरण कार्यक्रममा बोद्यदै गाउँपालिका अध्यक्ष बिरेन्द्र कुमार मगरले आफ्नो कार्यकालबाट सुरुवात गरेको अथक मेहनतका साथ सुकुम्वासी भुमिहिनले आज लालपुर्जा पाएकोले घरघरमा दिप बालि खुसी साटसाट गर्न अनुरोध गर्नु भयो । 

कार्तिक २० गते शुक्रवार रौतामाई  गाउँपालिका वडा न ७ को वडा कार्यालय मुर्कुचि बजार नजिक भएको सो जग्गाधनी पुर्जा वितरण कार्यक्रममा भूमिहीन दलित सुकुम्वासी परिवार तथा स्थानीय मानिसहरू, जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु स्थानीय राजनीतिदलका प्रतिनिधि लगायतकाको सहभागिता रहेका थियो ।

यसैगरी त्रियुगा नगरपालिकाको आयोजना तथा जिल्ला भूमि समस्या समाधान समिति उदयपुरको समन्वयमा त्रियुगा नगरपालिकाको कार्यालयमा नगर प्रमुख बसन्त कुमार बस्नेत ज्युको अध्यक्षता तथा उदयपुर  क्षेत्र  नं १ का प्रतिनिधि सभा सदस्य पारस मणी गेलाल ज्यूको प्रमुख आतिथ्यतामा २७ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।