काठमाडौँ
लिपमोटर नेपालले इलेक्ट्रिक भेहिकल खरिदकर्तालाई थप कन्फिडेन्ट बनाउन “लिपकेयर” नामक नयाँ अफर सार्वजनिक गरेको छ । “मुभ फरवार्ड विथ कन्फिडेन्स” भन्ने नारासहित ल्याइएको यस स्किमले लामो अवधिको ब्याट्री वारेन्टी र बेस्ट फाइनान्सिङ अप्सनहरूलाई एकै ठाउँमा समेटेको छ ।
यसअन्तर्गत कम्पनीले ११ वर्षको एक्स्टेण्डेड ब्याट्री वारेन्टी प्रदान गर्ने घोषणा गरेको छ, जुन अटोमोबाइल इन्डस्ट्रीकै सबैभन्दा लामो अवधिको वारेन्टीमध्ये एक हो । यसले ब्याट्री लाइफसम्बन्धी कस्टमरका कन्सर्नहरू हटाउँदै वर्षौंसम्म बिना टेन्सन गाडी चलाउन सकिने एस्योरेन्स दिने लक्ष्य राखेको छ ।
टेक्निकल सेक्युरिटीसँगै “लिपकेयर” ले ईभी ओनरशिपलाई अझ कन्भिनियन्ट बनाएको छ । कम्पनीले १५ प्रतिशत न्यूनतम डाउन पेमेन्ट र ५.९६ प्रतिशत को आकर्षक इन्टेरेस्ट रेटमा फाइनान्सिङ सुविधा उपलब्ध गराएको छ, जसले मन्थली खर्च कम गर्दै इलेक्ट्रिक भेहिकलतर्फ स्विच गर्न अझ सजिलो बनाउनेछ । यी अफरहरू नेपालभरका अफिसियल लिपमोटर शोरूमहरूमा उपलब्ध छन् ।
लिपमोटर, चीनको नम्बर वान स्टार्टअप एनईभी ब्रान्ड, ले मार्च २०२६ मा मात्र ५०,००० भन्दा बढी गाडी बिक्री गरेको छ र हाल ४० भन्दा बढी देशहरूमा १,७०० भन्दा बढी सेल्स तथा सर्भिस सेन्टरमार्फत आफ्नो प्रेजेन्स विस्तार गरिरहेको छ । कम्पनी इनोभेसनमार्फत हाई–भ्यालु इलेक्ट्रिक भेहिकलहरू विश्वभर सहज रूपमा उपलब्ध गराउने लक्ष्यमा केन्द्रित रहेको छ ।











प्रतिक्रिया