लन्डन, (एजेन्सी)।
विश्व फुटबल इतिहासकै महान् खेलाडीमध्येका एक, अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकपको मञ्चमा फेरि एकपटक आफ्नो नाम सुनौलो अक्षरमा लेखाउँदै नयाँ इतिहास रच्ने भएका छन् ।
वर्षौंदेखि अर्जेन्टिनी टोलीको कुशल नेतृत्व सम्हाल्दै आएका मेसीले आफ्नो उत्कृष्ट खेल प्रदर्शन, अद्वितीय नेतृत्व क्षमता र मैदानभित्रको निरन्तरताका कारण विश्वकपमा कप्तानका रूपमा सर्वाधिक म्याच खेल्ने दुर्लभ कीर्तिमान आफ्नो नाममा दर्ता गराउने निश्चित देखिएका हुन ।
विश्वकप जस्तो प्रतियोगितामा बढी दबाब र प्रतिष्ठा हुने मञ्चमा लगातार टोलीको कप्तानी गर्नु आफैँमा एउटा ठूलो चुनौती भए पनि उनले त्यो जिम्मेवारीलाई अत्यन्तै सफलतापूर्वक निर्वाह गर्दै फुटबल जगतमा आफ्नो सर्वोत्कृष्टता पुनः प्रमाणित गर्न लागेका छन् ।
यसअघि नै विश्वकपको इतिहासमा सबैभन्दा धेरै २६ म्याच खेल्ने, मैदानमा सर्वाधिक मिनेट बिताउने तथा सन् २०२२ मा आफ्नो देशलाई विश्वकपको उपाधि दिलाउने जस्ता थुप्रै ऐतिहासिक रेकर्डहरू आफ्नो नाममा सुरक्षित गरिसकेका मेसीले अब कप्तानका रूपमा पनि सबैभन्दा अगाडि रहेर नयाँ इतिहास थप्न लागेका हुन् ।
विश्वभरका करोडौँ फुटबल प्रेमीहरूका लागि उनको यो नवौँ कीर्तिमान र ऐतिहासिक उपलब्धिले फुटबलको सर्वोच्च मञ्चमा उनको ओजलाई अझ उच्च बनाउने छ ।











प्रतिक्रिया