काठमाडौँ ।
नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षा हुन सक्नेछ।
आज राति पनि कोशी, बागमती, गण्डकी तथा मधेस प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने जनाइएको छ।











प्रतिक्रिया