जेठ ३० गते शनिबार,यस्तो छ तपाईंको राशिफल


मेष : समयको शुरुवात शुभ भएकाले बिहान कार्य सफल होला । त्यसपछि चिन्ता, कष्ट हुन सक्छ ।

वृष : बिहान चोटपटकको भय भए पनि त्यसपछिको समयमा लाभ, कार्य सफल हुने देखिन्छ ।

मिथुन : बिहान उत्तम भोजन, लाभ होला तर त्यसपछि भने रोगव्याधि, तनावको भय छ ।

कर्कट : दिनभर समय उत्तम छ । निरोगिता, लाभ, परिवारबाट सुख–सन्तोष हुने देखिन्छ ।

सिंह : बिहान राज्यबाट डर हुनेछ भने त्यसपछि दिनभर लाभ, सुख–शान्ति हुने देखिन्छ ।

कन्या : दिन सहज देखिँदैन । अस्वस्थता, बाधा, राज्यबाट भय हुन सक्छ । सजग रहनुहोला ।

तुला : बिहानको समय सुख–सन्तोष होला । त्यसपछि भने दुःख–कष्ट, अशान्ति हुन सक्छ ।

वृश्चिक : दिन उत्तम फलदायक छ । धन लाभ, सफलता, स्वास्थ्य लाभ, शत्रु विजय होला ।

धनु : बिहान स्वास्थ्य गडबड हुन सक्छ । त्यसपछि भने स्वास्थ्य लाभ, सन्तोष, प्रसन्नता होला ।

मकर : दिन अनुकूल छैन । विवाद, दौडधूप, दिनचर्या अस्तव्यस्त होला । सजग रहनुहोला ।

कुम्भ : बिहान खुस खबर, प्रसन्नता होला तर त्यसपछि भने दिनभर हानि, विवाद झेल्नुपर्ला ।

मीन : बिहान शुरुमै खर्च भए पनि दिनभर सुख–सन्तोष, कतैबाट लाभ नहोला भन्न सकिन्न ।