क्यानडा र बोस्निया १–१ को बराबरीमा


काठमाडौं ।

फिफा विश्वकप–२०२६ अन्तर्गत भएको खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ को बराबरी खेलेका छन्।

टोरन्टो स्टेडियममा सम्पन्न खेलमा बोस्नियाका जोभो लुकिचले २१औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर ७९औँ मिनेटमा काइल लारिनले गोल फर्काउँदै क्यानडालाई बराबरीमा ल्याए।

त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल १–१ को बराबरीमा सकियो र दुवैले एक–एक अंक बाँडे। अब विश्वकपको अर्को खेलमा आयोजक अमेरिका र पाराग्वे आमनेसामने हुनेछन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।