प्रधानमन्त्रीको फेसबुक स्टाटसले तरंग


काठमाडौँ ।

प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार राति आफ्नो व्यक्तिगत फेसबुक एक स्टाटसले सामाजिक सञ्जालमा व्यापक चर्चा सिर्जना गरेको छ।

‘Malai pani Ambassador Banna Mann chha, PM ko Number chha Bhane yesso dinus na?’ भन्ने स्टाटस पोस्ट भएपछि यसको आशयलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको हो। प्रधानमन्त्रीले मजाकको संकेत प्रयोग गदै स्टाटसलाई धेरैले गम्भीर रूपमा लिएका छन्।

उक्त स्टाटस नेपाल सरकारका सचिव कृष्णहरि पुष्करप्रति गरिएको व्यंग्य भएको चर्चा भइरहेको छ। यसअघि प्रधानमन्त्री शाहले सचिव पुष्करलाई आफूलाई व्यक्तिगत सन्देश पठाएको विषयमा प्रहरीमार्फत नियन्त्रणमा लिन लगाएका थिए।

प्रधानमन्त्रीको स्टाटसलाई लिएर सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। प्रधानमन्त्रीका निकट सहयोगी तथा रास्वपाका केही सांसदहरूले कमेन्टमार्फत रमाइलो प्रतिक्रिया जनाइरहेका छन् भने कतिपय बुद्धिजीवी र सर्वसाधारणले प्रधानमन्त्री पदको गरिमा कायम राख्न आग्रह गरेका छन्।

स्टाटस सार्वजनिक भएको घण्टौँ बितिसक्दा पनि हटाइएको छैन, जसले यसको चर्चा अझ बढाएको छ।