उपत्यकाका जिल्ला प्रशासनलाई गृहको प्रशंसा


काठमाडौं ।

गृह मन्त्रालयले प्रतिनिधिसभा निर्वाचन २०८२ लाई शान्तिपूर्ण र सुरक्षित रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयसहित सुरक्षा समितिका पदाधिकारीलाई प्रशंसापत्र प्रदान गरेको छ ।

सोमवार सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानको गरी सुरक्षा समितिका पदाधिकारीहरूलाई सम्मान गरिएको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले उनीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जानकारी दिनुभयो ।

प्रशंसापत्रमा निर्वाचनका क्रममा सुरक्षा व्यवस्था सुदृढ बनाउँदै शान्ति सुव्यवस्था कायम राख्न पु¥याएको योगदानको उच्च मूल्याङ्कन गरिएको उल्लेख छ । कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई तथा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख होविन्द्र बोगटीको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।