३२ विधामा नेसनल क्यापिटल अवार्ड


३० व्यक्तित्वलाई सम्मान र ३२ विधामा अवार्ड प्रदान गर्दै राजधानीमा नेसनल क्यापिटल अवार्डको नवौं संस्करण सम्पन्न भएको छ।

कार्यक्रममा सलोन बस्नेतलाई अभिनेता, विमल अधिकारी र मिस पवीलाई वर्ष मोडल, देवेन्द्र पाण्डेलाई वर्ष भिडियो निर्देशक, हिमाल सागरलाई वर्ष गायन, पूजन काफ्लेलाई महिला लोकआधुनिक गायन, सुजता केसीलाई सुगम आधुनिक गायिका, सुमी पराजुलीलाई गायन शैली, राजेन्द्र लुंइटेल (राज) लाई पपआधुनिक म्यूजिक भिडियो निर्देशन, केशव भट्टलाई सुगम संगीत निर्देशन, जुरीतर्फको छरिङ शेर्पालाई मोडल र तृप्ति खड्का गुरुङलाई गायिकाको अवार्ड प्रदान गरियो भने उत्कृष्ट संगीतकारको अवार्ड राम धिमालले पाए।

कार्यक्रममा राजु विश्वकर्मालाई राष्ट्रिय भाव रचना र संगीत, चन्द्रकला प्रसाईंलाई लोकआधुनिक गीत, मातृका भण्डारी (मुना) लाई राष्ट्रिय भाव गीत, प्रतिमा गुरुङलाई आधुनिक गीत, प्रकाश हमाल वर्ष प्रोडक्सन, शंकर कार्कीलाई फिल्म निर्देशक, परितोषिका पन्तलाई उत्कृष्ट प्रतिभा, जुना कार्कीलाई लोकदोहोरी मोडल, सुदीप भण्डारी (जीबब) लाई बेस्ट र्यापर अफ द इयर, चाँदनी शाक्यलाई उत्कृष्ट पप गायिका तथा प्रेजोल नेपाली पप गायक, आश्रा कुँवर र नितेशजंग कुँवर युगल पप गायनको अवार्ड विजेता भए। यस्तैगरी केशवराज भट्ट म्यूजिक भिडियो निर्देशक आधुनिकतर्फ, मनोज परियार गीत मिक्सिङ, कुमार मिश्र गीतकार, साहित्य र शिक्षातर्फ यादव गिरी उत्कृष्ट शैक्षिक अवार्ड, भिष्मराज फूलारा उत्कृष्ट लिट्टेचर अवार्ड, रेश्मा तामाङ दोहोरी गायन र सजिना लामिछाने कल्चरल मोडल अवार्ड विजेता भए।

इभेन्ट आयोजक क्यापिटल इन्टरटेनमेन्ट तथा कार्यक्रम आयोजक मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोष मुख्य जुरी रहेको अवार्डमा पप गायक चिरञ्जीवी भण्डारी, आधुनिक सुगम संगीतकार राजेन्द्र बजगाई, गायक नारायण थापा र मोडल प्रतिक्षा काफ्ले निर्णायक रहेका थिए। संघीय संसदकी उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यता, वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री एवं सांसद राजेन्द्र पाण्डे र बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा पर्यटन व्यवसायी सागर पाण्डे, नेपाल निर्माण उद्योग परिषद्का अध्यक्ष बलिभद्र राना र गायिका अन्जु पन्तलाई नेसनल क्यापिटल अनर, धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विशाल भट्टराईलाई नमुना जनप्रतिनिधि अनर, पत्रकार नवराज कुँवर, कमल कुमार बस्नेत र विपिन पोख्रेललाई पत्रकारिता अनर, कृषि उद्यमी राजीव खनाल र देवेन्द्र न्यौपानेलाई कृषि अनर, जडिबुटी उद्यमी हरि शरण फूयाल, हस्तकला उद्यमी पल्पसा श्रेष्ठ, सौन्दर्य उद्यमी गीता गिरी, महिला उद्यमीहरू अन्जना श्रेष्ठ, बन्टी शाही, सम्झना मानन्धर, अन्जना शाक्य, दीपा क्षेष्ठ, शोभा गुरुङ, रिता आचार्य, मनिषा जीसी, गीतकार सामना शाह, प्रोडक्सन म्यानेजर भोला पौडेल, फिल्म निर्देशक दीलिप केसी, शिक्षा क्षेत्रका फिलिप डिसी, कोरियोग्राफर सन्दीप भुजेल, अधिवक्ता गीता श्रेष्ठ, अभिनेत्री झरना रिसाल, शैक्षिक परामर्श संस्था गोरेटो कन्सल्टेन्सी, कृषि एवं पर्यावरण विज्ञ लक्ष्मण गुरुङ, आइटी विज्ञ हरिराम रिमाल र भिडियो निर्देशक प्रकाश भट्टलाई अनर गरिएको थियो।