पहिलोपटक विवाहित आमाले चुमिन्

मिस युनिभर्सको ताज


विवाहित र सन्तानकी आमा भइसकेकी पुएर्टो रिकोकी जेनिफर बारेतोले मिस युनिभर्स २०२६ को उपाधि जितेकी छन्। २७ वर्षीया उनी विवाहित तथा एक सन्तानकी आमा हुन्। मिस युनिभर्सको इतिहासमा आमाका रूपमा उपाधि जित्ने उनी पहिलो प्रतिस्पर्धी बनेकी छन्।

पुएर्टो रिकोको राजधानी सान जुआनस्थित कोलिसेओ जोसे मिगुएल अगरेलोटमा सम्पन्न मिस युनिभर्सको ७५औ“ संस्करणमा उनले १ सय १६ देश तथा क्षेत्रका सुन्दरीलाई पछि पार्दै ताज पहिरिएकी हुन्। आप्mनै देशमा आयोजित विश्वस्तरीय प्रतियोगितामा उपाधि जित्नु उनका लागि थप विशेष बनेको छ।

विवाहित महिला तथा सन्तान भएका महिलाले पनि मिस युनिभर्समा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था लागू भएपछि जेनिफरको जितलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यसअघि विवाहिता र आमाहरूलाई प्रतियोगितामा सहभागी हुन नपाउने व्यवस्था थियो। उनले मनोविज्ञान र क्लिनिकल सामाजिक कार्यमा दुईवटा स्नातकोत्तर उपाधि हासिल गरेकी छन्। मानसिक स्वास्थ्य, घरेलु हिंसा रोकथाम तथा बाल संरक्षणका क्षेत्रमा समेत काम गरिसकेकी उनी सामाजिक विषयमा सक्रिय रहदै आएकी छन्।

जेनिफरको जितस“गै पुएर्टो रिकोले २० वर्षपछि मिस युनिभर्सको ताज पुनः आप्mनो देशमा ल्याएको छ। यसअघि पुएर्टो रिकोले सन् १९७०, १९८५, १९९३, २००१ र २००६ मा उपाधि जितेको थियो। यसपटकको जितसगै पुएर्टो रिकोको मिस युनिभर्स उपाधि संख्या ६ पुगेको छ। प्रतियोगितामा डोमिनिकन रिपब्लिककी मेलिसा नुनेज पहिलो उपविजेता बनिन्। भेनेजुएला, फिलिपिन्स र न्युजिल्यान्डका प्रतिस्पर्धी पनि अन्तिम पा“चमा पुग्न सफल भए।

यसअघि जुन २५ मा जेनिफरले मिस युनिभर्स पुएर्टो रिको २०२६ को उपाधि जितेकी थिइन्। त्यसपछि उनले आप्mनै देशमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजक प्रतिनिधि तथा होस्ट क्विनको भूमिका निर्वाह गरेकी थिइन्। अन्ततः आप्mनै भूमिमा विश्वका प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस युनिभर्सको ताज आप्mनो नाममा पार्न सफल भएकी छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।