काठमाडौं ।
ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेशनलका दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ।
भिसा इन्टरनेशनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकलाई ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ विधामा अवार्ड प्रदान गरिएको हो।
ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै नवीनतम प्रविधिमा आधारित भिसाअन्तर्गतका विभिन्न बैंकिङ सेवाको विकास तथा विस्तारमा उत्कृष्ट योगदान पुर्याएको भन्दै बैंकलाई सम्मान गरिएको हो।
त्यसैगरी, डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै थप सेवाको विस्तार गरेको योगदानको कदरस्वरूप बैंकले उक्त अवार्ड प्राप्त गरेको जनाएको छ।
आधुनिक प्रविधिको उच्चतम प्रयोगमार्फत ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको ग्लोबल आइएमई बैंकले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ। बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको छ।
यसैगरी, बैंकले ‘युरोमनी अवार्ड फर एक्सिलेन्स’ सन् २०२२, २०२४ र २०२५ मा प्राप्त गर्नुका साथै ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेस्ट इम्प्लोयर’ जस्ता प्रतिष्ठित पुरस्कारसमेत हासिल गरेको छ।
ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ सेवा केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र विदेशस्थित तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (यूएई) र भारतलगायतका विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै आएको छ। यसबाट राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुर्याउँदै आएको बैंकले जनाएको छ।








तपाईंको विचार लेख्नुहोस्