प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच भेटवार्ता


काठमाडौं ।

प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा केहीबेरअघि भएको भेटवार्तामा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारतको राजकीय भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा भएका भेटघाट, छलफल तथा उपलब्धिबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको बताइएको छ।

त्यसैगरी, प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच समसामयिक विषयमा समेत छलफल भएको जनाइएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।