बौद्ध जातक कथामा आधारित नाटक विश्वन्तर आज शुक्रवारदेखि टेकुस्थित कौसी थिएटरमा मञ्चन हुने भएको छ।
काठमाडौ महानगरपालिकाको सहकार्यमा बज्र कला केन्द्रले प्रस्तुत गर्न लागेको नाटकले दान, त्याग, करुणा र परोपकारमार्फत प्राप्त हुने जीवनको वास्तविक सुख र शान्तिको सन्देश दिनेछ।
राजकुमार विश्वन्तरको कथामा आधारित नाटकले मानिसले धनसम्पत्ति र भौतिक सुखसुविधाभन्दा माथि उठेर परहितका लागि गर्न सक्ने त्याग र दानको महत्वलाई प्रस्तुत गर्नेछ। बोधिसत्व चर्याका क्रममा राजकुमार विश्वन्तरले देखाएको दानपारमिता र परोपकारको मार्गलाई नाटकको मुख्य विषय बनाइएको छ।
नाटकका परिकल्पनाकार, लेखक तथा निर्देशक चन्द्रमान मुनिकारका अनुसार बाहिरी संसारको वैभव, सुख, धन र विलासिता मात्रै जीवनको वास्तविक सुख होइनन्, यी सबै क्षणभंगुुर छन्। दान दिनुमा प्राप्त हुने आनन्द र परहितका लागि गरिने त्याग नै स्थायी सुख, शान्ति र मुक्तिको मार्ग भएको सन्देश नाटकले दिनेछ।
सिद्धार्थ गौतमले बोधिसत्व चर्याका क्रममा धन, दौलत, जग्गाजमिन, अन्नवस्त्र तथा बहुमूल्य सम्पत्तिसमेत दान गर्दै दानपारमितालाई आत्मसात् गरेको प्रसंग उल्लेख गर्दै मुनिकारले ज्ञानदानलाई सबैभन्दा उत्तम दानका रूपमा व्याख्या गरेका छन्।
नाटकको नाट्य रूपान्तरण इंगिहोपो कोइच सुनुवारले गरेका छन्। बुद्धवाणीबाट सानैदेखि प्रभावित सुनुवारले
बुद्धका उपदेश सुन्न जति सरल भए पनि जीवनमा आत्मसात् गरेर व्यवहारमा उतार्न उत्तिकै कठिन रहेको अनुभव सुनाएका सुनाउ“दै आत्मीयता, विश्वास र पारस्परिक सम्मानले मात्रै सिर्जना र सम्बन्धलाई सुन्दर, अर्थपूर्ण र दिगो बनाउन सक्ने विषय नाटकमा रहेको बताए।
बज्र कला कुञ्जका सचिव तथा व्यवस्थापक सुदनमान मुनिकारले नेपाली अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि संस्थाले लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न गतिविधि गर्दै आएको तथा समाजभित्रै रहेका कथा, जीवनका भोगाइ र तिनले दिने गहिरा सन्देशलाई नाट्य प्रस्तुतिमार्फत दर्शकमाझ पु¥याउने उद्देश्यले विश्वन्तर मञ्चन गर्न लागिएको बताए।
मंसिर २० गतेसम्म ञ्चन हुने नाटकमा सुदनमान मुनिकार, उषा रजक, युवहाङ राई, सुमित्रा पेहिम, विशाल पुलामी, प्रेम चन्द पाण्डेय, खुसी सुनुवार, प्रेम केसी, रेज्मी राई, सनिम वान्तवा र सम्राट सुनुवारले अभिनय गर्नेछन्। नाटकको व्यवस्थापन सुदनमान मुनिकारले गरेका छन् भने नृत्य कोरियोग्राफी रितु दर्शनधारी, राजन शाही र नाटक समूहको रहेको छ। मञ्च निर्माण युवहाङ राई, प्रेमचन्द पाण्डेय र विशाल पुलामीले गरेका छन्। संगीत संयोजन निरज शाक्य र प्रदीप नेपालीको रहेको छ। नाटकको परिकल्पना, लेखन तथा निर्देशन चन्द्रमान मुनिकारले गरेका हुन्।








तपाईंको विचार लेख्नुहोस्