सरकार र सञ्चारमाध्यमको सम्बन्ध लोकतन्त्र, पारदर्शिता र जबाफदेहितामा आधारित हुनुपर्दछ : मुख्यमन्त्री 


बनेपा। 

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकार र सञ्चार माध्यमबीचको सम्बन्ध लोकतन्त्र, नागरिक अधिकार, पारदर्शिता र जबाफदेहितामा आधारित हुनुपर्ने बताएका छन् ।

मदानी बिट मिडिया प्रालिको चौथो वार्षिकोत्सवमा सम्बोधन गर्दै मुख्यमन्त्री मगरले सरकारले गरेका राम्रा कामसँगै सरकारका कमजोरी, ढिलासुस्तिप्रती खबरदारी गर्नु पर्नेमा जोड दिए । सञ्चारमाध्यम लोकतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ, नागरिकको आवाज र राज्यलाई जवाफदेही बनाउने शाक्तिका रुपमा रहेको उनको भनाई थियो ।  पदेश सरकारका नीति, कार्यक्रम योजना, शिक्षा, स्वास्थ्य कृषि, पर्यटन, रोजगारीका विषय जनतासम्म पु¥याउने काममा सञ्चारमाध्याको महत्त्वपूर्ण भूमिका हुनुपर्नेमा उनले दिएका छन् । सरकारले बनाएका नीति, कार्यक्रमको प्रभाव जनतासम्म कस्तो छ सञ्चार माध्यले देखाउनुपर्ने उनले बताए । सञ्चार माध्यममा केहि चुनौती थपिएको उनले बताए ।

 स्थानीय सञ्चार माध्यम कमजोर हुँदै गए भने स्थानीयको आवाज कमजोर हुने उनको चिन्ता थियो । स्थानीय सरकारको नीगरानी, गाउँका समस्या, दुर्गम क्षेत्रका पीडा नागरिकका आवश्यकता र स्थानीय विकासका सम्भावनालाई उजागर गर्न पनि सञ्चार माध्यम सशक्त हुनुपर्ने उनको भनाई छ ।  सरकारी विज्ञापन वितरणमा देखिएको असमानता अन्त्यका लागि बागमती प्रदेश सरकार प्रतिवद्ध रहेको उनले बताए ।

सरकारी विज्ञापन सार्वजनिक सूचना जनतासम्म पु¥याउने माध्यम बननुपर्ने उनको भनाई छ । मदानी विट मिडिया प्रा.लि.का अध्यक्ष मोतिराम तिमल्सिनाले प्रविधिको विकाससँगै आमनागरिकलाई सत्यतथ्य सूचना उपलब्ध गराउने छिटो, छरितो र प्रभावकारी माध्यमका रूपमा अनलाइन पत्रकारिता स्थापित भएको बताए । आम नागरिकमा सूचनाको हक स्थापित गर्दै प्रत्येक नागरिकको न्यायमा पहुँच सुनिश्चित गर्न, नागरिकको जीवनस्तर उकास्न तथा सामाजिक उत्तरदायित्वप्रति सधैं प्रतिवद्ध रहेको उनले बताए । सम्पादक श्याम सापकोटाले आजको डिजिटल युगमा सूचना र प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जालको विस्तारले सूचना प्रवाह सहज बनाएको बताए । तर गलत सूचना, भ्रामक सामाग्री र अपुष्ट समाचारको जोखिम भने बढ्दै गएको उनको भनाई छ । 

कार्यक्रममा प्रदेश सभा सदस्य, जनप्रतिनिधि जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थिती रहेको थियो । सम्पादक श्याम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसम्पादकद्वय विकास तिमल्सिना र गोमा थापालाई नगदसहित सम्मान गरिएको थियो । कार्यक्रम मदानी विटका अध्यक्ष मोतीराम तिमल्सिनाले संचालन गरेका थिए । कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्ला हिजो, आज र अबको काभ्रेका सन्दर्भमा तयार गरिएको भिडियो सामाग्री सार्वजनिक गरिएको थियो । सुशासन, पारदर्शीता र जवाफदेहिताका सन्दर्भमा मदानी विट डटकमले उठाउँदै आएको ‘हरेक सूचनाको मन्थन, पारदर्शिता र निष्पक्षताको प्रवर्धन’ अभियानलाई निरन्तरता दिने अध्यक्ष मोतीराम तिमल्सिनाले बताए । 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।