गायिका रोशना तुलाधरका तीन गीतको म्युजिक भिडियो एकसाथ सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित कार्यक्रममा एक नेपालभाषा र दुई नेपाली गीतका म्युजिक भिडियो प्रिमियर गरिएको हो।
कार्यक्रममा नेपालभाषाको प्रभु जिं थुलि हे जक छंके प्mवनेसँगै मनभित्र नौलो नौलो आश जागेछ र भन भन बोलका गीतको भिडियो सार्वजनिक गरिएका थिए। सार्वजनिक र्सिजनाका बारेमा नेपालभाषा एकेडेमीका कुलपति मल्ल के. सुन्दर, संगीतकर्मी निल शाक्य, ध्रुवरत्न तुलाधर, स्व. जनकवि दुर्गालाल श्रेष्ठका ज्येष्ठ सुपुत्र सुमन श्रेष्ठ तथा संगीतकर्मी मनराजा नकर्मीले कार्यक्रममा आआप्mना विचार राखेका थिए। सार्वजनिक म्युजिक भिडियोको समीक्षा पत्रकार दर्शन वीर शाक्य र सिने पत्रकार विजय रत्न असंबरेले गरेका थिए।
स्व. जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचित नेपालभाषाको गीत थुलि हे जक प्mवनेमा मनराजा नकर्मीको संगीत छ। गीतको भिडियोमा गायिका रोशना तुलाधर, निर्माता विजयरत्न तुलाधर, भिन्तुना जोशी, रोजिना सुवाल, शोभा महर्जन र सलोना बज्राचार्यले अभिनय गरेका छन्। आकृष्ट शाक्यको छायाँकन र दृश्य सम्पादन रहेको भिडियो विश्वास बज्राचार्यले निर्देशन गरेका हुन्। ध्रुवरत्न तुलाधरको रचना रहेको मनभित्रमा अनिल शाहीको संगीत छ। यसको भिडियोमा सलोना बज्राचार्य र सिजन शाक्यले अभिनय गरेका छन्। भीम श्रेष्ठको छायाँकन रहेको भिडियो अमर चित्रकारले दृश्य सम्पादन गरेका हुन्।
त्यस्तै, ए कान्छा गीतका रचनाकार तथा संगीतकार नील शाक्य हुन्। लक्ष्मण श्रेष्ठ र निरन्जन महर्जनको छायांकन रहेको भिडियोको दृश्य सम्पादन लक्ष्मण श्रेष्ठले गरेका छन्। राम श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा नरेन्द्र महर्जन र प्रिज्मा श्रेष्ठले अभिनय गरेका छन्।








तपाईंको विचार लेख्नुहोस्