अक्षय कुमारले शरीरमा किन लगाए आगो⁄


बलिउड अभिनेता अक्षय कुमारले साहसिक प्रस्तुतिमार्फत फेरि एकपटक दर्शकको ध्यान खिचेका छन्। मुम्बईस्थित गेटवे अफ इन्डियामा हालै आयोजित ग्लोबल पिस अनर्स २०२६ कार्यक्रममा उनले शरीरमै आगो लगाएर नृत्य गरेपछि उनको प्रस्तुतिको चर्चा चुलिएको छ।

कार्यक्रममा अक्षयले हातमा तरबार लिएर देशभक्तिपूर्ण गीतमा प्रस्तुति दिएका थिए। उनको प्रस्तुति चलिरह“दा दुईजना सहयोगी स्टेजमा आएर उनको पाइन्टमा आगो लगाइदिएका थिए। आगो लागे पनि अक्षयले प्रस्तुति जारी राखे। केही समयपछि आगो निभाइएको थियो। कार्यक्रममा उनले बलिरहेको प्रोप्ससमेत हातमा उठाएर प्रदर्शन गरेका थिए।

अक्षयले चर्चित फिल्म केसरीको गीत तेरी मिट्टीमा प्रस्तुति दिएका थिए। कार्यक्रमका भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनको साहस र प्रस्तुतिको चर्चा भइरहेको छ। अक्षय एक्सन र स्टन्टका लागि परिचित अभिनेता हुन्।

फिल्ममा जोखिमपूर्ण दृश्य आफैँ गर्ने अभिनेताका रूपमा चिनिएका उनले यसअघि पनि विभिन्न सार्वजनिक कार्यक्रममा आगोसँग सम्बन्धित स्टन्ट प्रस्तुत गर्दै आएका छन्। कार्यक्रममा बलिउडका अन्य चर्चित कलाकार शाहरुख खान, रणवीर सिंह, सुनिल शेट्टी, ज्याकी श्राफ, विक्रान्त मेसीलगायत सहभागी थिए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।