हात्तीको आक्रमणबाट रनध्वजको ज्यान गयो


उदयपुर ।

उदयपुरको बेलका नगरपालिका वडा नं ६ स्थित सुकुम्बा गाउँमा जंगली हातीको आक्रमणबाट पसलबाट सामान किनेर घर फर्कदै गरेका एक बृद्धको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बिहीबार दिउँसो ३ बजे बेलका नपा ६ का ७३ वर्षिय रनध्वज राइले पसलबाट सामान किनेर घर फर्कने क्रममा अकस्मात बाटोमा जंगलतिर बाट नै निस्केको जंगली हात्तीको आक्रमणमा परेर ज्यान गुमाएका हुन ।

हात्तीको आक्रमणबाट मानिसको ज्यान गएको भन्ने सूचना पाउना साथ इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको प्रहरी टोली र सव डिभिजन वन कार्यालय लालबजारको वन कर्मचारी सहितको टोलीले ज्यान गुमाएका राईको लासलार्य आवश्यक कानुनी प्रक्रिया पुरा गरी पोष्ट मार्टमकालागि सुनसरीको धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

उदयपुरको बेलका नपा र चौदण्डीगढी नपाका विभिन्न वडाहरुमा केही समय अघिदेखि कोशी टप्पु क्षेत्रका र भारततिरबाट आउने जंगली हात्तीले घरपालुवा जनाबरहरुमाथि आक्रमण गर्ने, मानिसहरुको घर गोठ टहरा भत्काउने, खेतबारीमा लगाएको बालीनाली नष्ट गर्ने, अन्नपात भाडाकुडा छरप्रष्ट पार्ने मानिसमाथि आक्रमण गर्ने, रुख बिरुवा उखेलेर फाल्ने लगायतका गतिविधि गर्दे आएपछि बेलका र चौचण्डीगढी नपाका विभिन्न वडाका स्थानीयहरु त्रसित बन्दै आएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।