एनआईसी एशिया बैंकद्वारा दुई विद्यालयलाई फर्निचर र प्रिन्टर सहयोग


काठमाडौं ।

एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत दुई विद्यालयलाई फर्निचर तथा प्रिन्टर सहयोग प्रदान गरेको छ।

बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–२, शंकरनगरस्थित श्री शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालय र डोटीको शिखर नगरपालिका–४, बनोलीस्थित श्री काफलेश्वर आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको हो। विद्यार्थीको पठनपाठन सहज बनाउँदै गुणस्तरीय शिक्षा प्राप्तिमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको बैंकले जनाएको छ।

७६२ भन्दा बढी विद्यार्थी अध्ययनरत श्री शंकरनगर दुर्गादत्त माध्यमिक विद्यालयलाई बैंकले २० सेट डेस्क तथा बेन्च उपलब्ध गराएको छ। मंसिर १० गते आयोजित कार्यक्रममा बैंकका चिफ बिजनेस अफिसर (रिटेल बिजनेस) अमित केसी र बुटवल सर्कल हेड राजनप्रसाद पोखरेलले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक चण्डीप्रसाद पाण्डेलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो।

त्यसैगरी, ६२ भन्दा बढी विद्यार्थी अध्ययनरत श्री काफलेश्वर आधारभूत विद्यालयलाई प्रिन्टर सहयोग गरिएको छ। मंसिर ९ गते आयोजित कार्यक्रममा बैंकका दिपायल शाखा अपरेसन इन्चार्ज नन्दराज भट्ट र रिलेसनसिप म्यानेजर रमेश नेपालीले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक दम्मारी साउदलाई प्रिन्टर हस्तान्तरण गर्नुभएको थियो।

बैंकले उपलब्ध गराएको सहयोगबाट दुवै विद्यालयका विद्यार्थीको पठनपाठनमा सहजता आउने र शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिएको जनाएको छ।

एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा लगायत विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।