एक सहसचिवका लागि चार जनाको नाम सिफारिस


काठमाडौं ।

सरकारले सहसचिव पदमा बढुवाका लागि चार जनाको नाम सिफारिस गरेको छ।

सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै नेपाल लेखापरीक्षण सेवातर्फ ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा एक सहसचिव पदमा बढुवाका लागि चार जनाको नाम सिफारिस गरेको हो।

सहसचिवमा बढुवाका लागि सिफारिस हुनेहरूमा रघुपति महत, महेश पौड्याल, दिनेश मिश्र र कुलचन्द्र भण्डारी रहेका छन्।

मन्त्रालयका अनुसार उनीहरूलाई ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवाका लागि सिफारिस गरिएको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।