सुनको मूल्य एकैदिन तोलामा १४ सय रुपैयाँले बढ्यो


काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा १४ सय रुपैयाँ बढेको हो।

मंगलबार प्रतितोला नौ सय रूपैयाँ घटेको सुनको मूल्य आज बढेर प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँ कायम भएको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य आज एक हजार आठ सय ५५ रुपैयाँ पुगेको छ। आज चाँदीको मूल्य पनि तोलाको २० रुपैयाँ बढेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।