एकैदिन तोलामा २२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ हजार २ सय रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला एक लाख ६२ हजार दुई सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।