कार्यकर्ता अनुशासनमा नबसेपछि ओलीले भने- ‘एमालेको राष्ट्रिय भेला हाटबजार होइन’


काठमाडौं ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता तथा कार्यकर्तामा अनुशासन कमजोरी देखिएको औंल्याउँदै अनुशासित भएर भेलास्थलमा बस्न आग्रह गर्नुभएको छ । राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्रको अध्यक्षता ग्रहण गर्दै अध्यक्ष ओलीले राष्ट्रिय भेलाको गरिमालाई उच्च राख्न कार्यकर्तालाई निर्देशन गर्दै भन्नुभयो- ‘एमाले जस्तो अनुशासित पार्टीको भेला अनुशासनमा रहनु पर्‍यो ।

‘ हिजो उद्घाटन र बन्दसत्रमा सहभागीहरु हलबाट बाहिरिएको, अनाधिकृत व्यक्तिहरुको समेत प्रवेश भएपछि अध्यक्ष ओलीले आज सहभागी र स्वयंसेवकहरुलाई कडाइका साथ अनुशासन पालन गर्न निर्देशन दिनुभयो । ‘भेलालाई भेला जस्तो बनाउनु पर्छ । हिजो अन्तिममा फाट्टफुट्ट साथीहरु मात्रै थिए ।

घरका मान्छेहरुले सोधे भने के गर्नेहोला ? स्वास्थ्य समस्या भए नजिकै डाक्टरहरु हुनुहुन्छ । उहाँहरुको अनुमतिमा जानुहोला । सौंचका लागि नजिक सौचालयमा जानुहोला । कार्यक्रम सक्कियो कि सक्किएन भन्ने जस्तो भयो’, उहाँले भन्नुभयो- ‘एमालेको राष्ट्रिय भेला हाटबजार जस्तो होइन ।’

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।