घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ।

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुन तोलामा एक हजारले घटेर तोलाको एक लाख ६५ हजारमा कारोबार भइरहेको छ।

यसअघि आइतबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १९५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।