सुनको मूल्य बढ्यो,चाँदी घट्यो


काठमाडौँ।

आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुन प्रतितोला ३ सयले बढेर तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ६८ हजार २ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर तोलाको २०१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।