हेटौँडा र उदयपुर सिमेन्ट उद्योगले बक्यौता तिर्न दिए निवेदन


काठमाडौं ।

हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगले विद्युत् उपभोगको बक्यौता तिर्न निवेदन दिएका छन्। सरकारी स्वामित्वका हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगले डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापतको प्रिमियम महसुल बक्यौता किस्ताबन्दीमा तिर्न नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिएका हुन्।

हेटौँडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार २५० र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार ५३३ रुपैयाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ।

बक्यौता तिर्न सुरुमा ताकेता गरे पनि नतिरेपछि प्राधिकरणले विद्युतलाइन काटेपछि उद्योगहरूले बक्यौता तिर्न सुरु गरेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।