कोशीको आर्थिक सल्लाहकारमा डा. सुवेदी नियुक्त


विराटनगर ।

उपप्राध्यापक डा. मोहन सुवेदी कोशी प्रदेश सरकारको आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई आइतबार आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् । डा. सुवेदी महेन्द्र मोरङ क्याम्पसका उपप्राध्यापक हुन्। उनले नेपालमा धितो पत्र व्यवहार विषयमा विद्यावारिधि गरेका छन् ।

यसअघि उनले प्रदेश सरकारको राजस्व परामर्श समितिमा विज्ञका रूपमा काम गरिसकेका छन् । मुख्यमन्त्री कार्कीले यसअघि प्रमुख स्वकीय सचिवमा जीवन कार्की, प्रेस सल्लाहकारमा विक्रम लुइँटेल र जनसम्पर्क सल्लाहकारमा रवि खनाललाई नियुक्त गरिसकेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।