बर्दिबासबाट काठमाडौं जाँदै गरेकाे यात्रु बहाक बस दुर्घटना हुँदा केही घाईते


सिन्धुली।

सिन्धुलीको गोलन्जोर गाउँपालिका आज यात्रु बाहक बस दुर्घटना भएको छ । बर्दिबासबाट काठमाडौंतर्फ बागमती प्रदेश ०१–००१प १७३२ नम्बरको बस गोलन्जोर ७ तल्लो बारामा दुर्घटना भएको हो ।

दुर्घटनामा कति जना यात्रु घाईते भएका छन् भन्ने एकिन विवरण आईसकेको छैन् । दुर्घटनामा अहिले सम्म घाईते भएका १६ जनालाई खुर्कोटको विभिन्न अस्पतालमा उपचारको लागि उद्धार गरेर ल्याएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । बसमा २८ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।