रुपन्देहीमा सवारी दुर्घटनामा परि र डुवेर एकै दिन ३ युवाको मृत्यु



बुटवल ।

रूपन्देहीका छुट्टाछुट्टै ठाउँमा भएका सवारी दुर्घटनामा परि २ जना र एक जनाको तिनाउ खोलामा पौडी खेल्ने क्रममा गरी एकै दिन ३ जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलमा भएको मोटरसाइकल दुर्घटनामा २४ वर्षीय विवेक डुम्रेको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–६ का डुम्रेले चलाएको लु३१प १६४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमै पल्टिएको थियो ।

घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बुटवल उपमहानगरपालिका–२ जितगढीमा भएको मोटरसाइकल दुर्घटनामा सैनामैना नगरपालिका–४ का ४२ वर्षीय गोविन्द अर्यालको मृत्यु भएको छ । प्रहरीका अनुसार अर्यालले चलाएको प्रदेश नं. ३–२००२ प २०३६ नम्बरको मोटरसाइकल पनि शुक्रबार राति साढे १० बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका अर्याललाई उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा राति पौने १ बजे मृत्यृ भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताउनु भयो ।

त्यस्तै तिलोत्तमा ६ पुरानो सडक स्थित सुगम पथका वर्ष १५ का दिव्यान्स भुसाल शनिवार विहान करिब ५ वजेको समयमा घरवाट फूटवल खेल्न तिनाउ खोलाको तटीय क्षेत्र तिलोत्तमा पार्क संगै रहेको फूटवल मैदानमा पुग्छन । त्यहां फूटवल खेली सकेपछि अन्य २ जना साथी सहित तिनाउ खोलामा पौडी खेल्न जान्छ ।

सोही पौडी खेल्ने क्रममा डुवेर भुसालको मृत्यु भएको दुखद घटना सार्वजनिक भएको छ । तिलोत्तमा ६का नारायण भुसाल र तारा भुसालको दुई छारा मध्ये कान्छो छोरा का रुपमा रहेका भुसाल हालै भएको एसइइको परिक्षा दिएर वसेका हुन ।

उनले शान्ति नमूना माविवाट एसइइ दिएका छन । घटना वारेमा आफन्त र सहोदर दाजु शिषम भुसालले यस्तो घटना कसैलाई पनि नपरोस भन्दै खोलामा नदीजन्य पदार्थ निकालिसकेपछि हुने खाडलहरुको पुर्ने सम्माउने व्यवस्था मिलाउन सरोकारवालालाई आहवान गर्नु हुन्छ ।

तिलोत्तमा नगरपालिकावाट उक्त खोलाको नदिजन्य पदार्थ निकासीका लागि ठेक्का पाएका बस्याल निर्माण कन्र्टक्सनका संचालक सुमन बस्यालले भने आफुहरुले नगरपालिकाको नियमलाई आत्मसाथ गरि नदीजन्य पदार्थ निकासी गरिरहेको दावी गर्नु हुन्छ । जेहोस नदी जन्य पदार्थ निकासीलाई बैज्ञानिक र पारदर्शी तरिकाले निकासी गर्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्