स्थानीय वनमा बाघ मृत भेटिने क्रम बढ्दो



नवलपरासी ।
पछिल्लो समय जिल्लाका स्थानीय वनमा बाघको मृत्यु बढ्दो रहेको छ । पछिल्लो ४ महिना भित्र यहाँको राष्ट्रिय तथा सामुदायिक वनमा ३ वटा पाटे बाघ मरेकाछन् ।

बुधबार बिनयी त्रिवेणी गाउँ पालिका बिनयी खोला छेउ पोथी बाघ मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खोलामा पानी खाएर पाखा लागे लगतै लड्खडाउदै गरेको बाघ एकाएक ढलेर मरेको देख्नेहरू बताउछन् ।

अन्दाजी १० वर्षको पोथी मृत बाघको निकुञ्जका बरिस्ठ पशु चिकित्सक बिजय कुमार श्रेष्ठले पोष्टमार्टम गर्दै बाघ अर्को कुनै बाघै या अन्य जनावरको आक्रमण बाट घाईते भई मरेको बताए ।

यस अघि फागुन पहिलो साता मध्यविन्दु १० र १२ को दोसाध स्थित राष्ट्रिय वनमा पाटे बाघ मृत फेला परेको थियो ।
त्यसै गरि दोश्रो साता मध्यविन्दु १५ स्थित नवदुर्गा सामुदायिक वनमा खाडल खनि पुरेको अवस्थामा अर्को पाटे बाघ फेला परेको थियो ।

सामुदायिक वनमा पटक पटक दूर्लभ प्रजातिका बाघ मृत भेटिने क्रम बढी रहदा यसको वास्तविक मृत्युको कारण खोज्न जरुरी भएको बताईन्छ । यस सम्वन्धमा संरक्षणकर्मी तथा सरोकार पक्षले घटना बारे सूक्ष्म अनुसन्धान भई रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्