सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति महासंघकाे गम्भीर ध्यानाकर्षण

15.32k
Shares

काठमाडौं ।

कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाल सिरोहिया पक्राउ परेपछि नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आफूमाथि लागेको आरोपको सन्दर्भमा छानबीनलाई सघाउने प्रतिबद्धता जनाउँदा जनाउँदै कार्यकक्षबाटै पक्राउ गरिएको घटनाप्रति महासंघले गम्भीरतापूर्वक लिएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि लागेका विभिन्न आरोप सन्दर्भमा निरन्तर समाचार प्रकाशित गर्दै आएको कान्तिपुर दैनिक, त्यसको सम्पादकीय नेतृत्व तथा समग्र सञ्चार क्षेत्रलाई लाञ्छित गर्नेगरी उपप्रधान तथा गृहमन्त्री लामिछानेले दिएका अभिव्यत्तिले अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण रहेको पुष्टि गरेको महासंघको ठहर छ ।

कानुन अनुसार हुने अनुसन्धानमा जहिले पनि साथमा रहने तथा अभिव्यत्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघले नस्वीकार्ने विज्ञप्तिमा उल्लेख छ ।

Skip This