एमाले रामेछापमा नयाँ नेतृत्व



रामेछाप ।

नेकपा एमाले रामेछापमा नयाँ नेतृत्व चयन भएको छ । नेकपा एमाले रामेछापको ९ ‍औँ जिल्ला अधिवेशनले शुत्रबार नयाँ नेतृत्व चयन गरेको हो । वैशाख २६ गतेबाट सुरु भएको जिल्ला अधिवेशन २८ गते सम्पन्न भएको हो ।

अधिवेशनले एमाले रामेछापको अध्यक्षमा पुरुषोत्तम कडेरिया र सचिवमा प्रकाशकुमार कार्की सर्वसम्मत चयन गरेको थियो । भने लेखा कमिटीको अध्यक्षमा रामप्रसाद देवकोटा¸ उपाध्यक्षमा तेजबहादुर बोहरा र सचिवमा तिलक कार्की सर्वसम्मत चयन भएका थिए ।

बाँकी रहेका पदधिकारि एक उपाध्यक्ष र दुई सह सचिवका लागि शुक्रवार मन्थलीको तीनलाल पार्कमा मतदान भएको थियो । एमाले रामेछापको उपाध्यक्षमा होतराज ढकाल¸ धुर्व कार्की र रमेश कुमार वाग्लेले उम्मेद्वारि दर्ता गराएका थिए । जसमा ३ सय १० मत प्राप्त गरेर होतराज ढकाल विजय भएका छन् भने उनका प्रतिद्वन्दि धुर्ब कुमार कार्कीले २ सय ८७ मत प्राप्त गरेका थिए भने उपाध्यक्षका अर्का प्रत्याशी रमेश कुमार वाग्लेले ४७ मत मात्र प्राप्त गरे ।

त्यस्तै सह सचिव पुरुष तर्फ मिलन कुमार घिसिङ¸ दिनेश सुवेदी र राजेन्द्र कुमार कार्कीले उम्मेद्वारि दर्ता गएका थिए । जसमा अत्यधिक मत सहित मिलन कुमार घिसिङ विजय भएका छन् । घिसिङले ५ सय ९ मत प्राप्त गर्दा सुवेदीले १ सय १५ र कार्कीले ४८ मत प्राप्त गरेका थिए ।
रामेछापको ९ औँ जिल्ला अधिवेशनबाट महिला सह सचिवमा मखमली श्रेष्ठलाई विजय गराएको छ ।

श्रेष्ठले ४ सय ४० मत प्राप्त गर्दा उनका प्रतिद्धन्दि द्वय कमला शर्मा क्षेत्री र अनिता तमाङ् राईले एक सय भन्दा कम मत प्राप्त गरे । शर्माले ७८ र राईले ८० मत प्राप्त गरिन् । शुत्रबार सम्पन्न भएको अधिवेशन कुल ९० सदस्य कार्य समिति चयन गरेको छ । अधिवेशनका लागि कुल ७ सय प्रतिनिधि चयन भएका थिए । जस मध्ये ६ सय ७६ मात्र मतदानमा सहभागी भएको मुख्य निर्वाचन अधिकृत नवराज पथिकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्