रविको गगनलाई चुनौती- निवेदन दिएर ऋण लिएको प्रमाण दिए राजनीति छोडिदिन्छु

2.44k
Shares

काठमाडौँ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गगन थापाले आफुले निवेदन दिएर ऋण लिएको प्रमाण देखाए राजनीति छोडिदिने बताएका छन्।

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै लामिछानेले गगन थापालाई प्रमाण दिन चुनौती दिदै प्रमाण देखाए राजनीति नै छोडिदिने र प्रमाण देखाउन नसके गगन थापाले राजनीति छोड्नु पर्ने बताएका छन् ।

उनले संसदमा एक पटक बोल्न खोजेकोमा बोल्न नदिएको गुनासो गर्दै सदनबाट भएको निरन्तर खेदाईलाई संसदबाटै जवाफ दिन खोजेको बताए ।