नेपालीलाई केन्यामा बन्धक बनाएर पाँच करोड असुली गर्ने गिरोहका तीनजना पक्राउ



काठमाडौं ।

वैदेशिक रोजगारीका लागि अमेरिका तथा क्यानडा लगायतका देशहरुमा पठाइदिन्छौं भनी १० नेपालीलाई केन्या पुर्‍याएर बन्धक बनाउने गिरोहका तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गा.पा-२ घर भई हाल काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा नं. ११ कपन बस्ने ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोक साविक कर्थली गा.वि.स. ०१ घर भई हाल काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी बस्ने ४२ वर्षीय ङिमबुटी शेर्पा र सिन्धुपाल्चोक जुगल गा.पा. वडा नं.-१ घर भई हाल काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं. ०५ जोरपाटी बस्ने १९ वर्षीय निमा शेर्पा रहेका छन्।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार, १० जनाभन्दा बढी नेपालीलाई महिनौँसम्म बन्धक बनाएको र प्रहरीले समात्छ भन्ने लागेपछि गिरोहले बन्धक बनाएका नेपालीलाई पासपोर्ट फिर्ता गरेको देखिएको छ। उनीहरुसंग उक्त समूहले पाँच करोड रुपैयाँ असुली गरेपछि भने उनीहरूलाई पासपोर्ट फिर्ता गरेको पाइएको छ ।

पासपोर्ट फिर्ता पाएपछि पीडितहरु नेपालबाट पैसा मगाएर स्वदेश फर्किएका हुन्।

सोही गिरोहले करिब १५ जना नेपालीहरुलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशहरुमा अहिले पनि बन्धक बनाई राखिरहेको र उनीहरुबाट हरु करिब ७ करोड ५० लाख रकम लिएको खुलेको छ।

 

प्रतिक्रिया दिनुहोस्