रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय



काठमाडौं ।

नेपाली कांग्रेसले संसद बैठकमा गृहमन्त्री रवि लामिछानेलाई बोल्ने दिने भएको छ। शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेलाई आज संसदमा बोल्न दिने निर्णय गरेको हो।

त्यस्तै आजको बैठकमा सुप्रिम सहकारीको रकम अपचलनको बारेमा जिल्ला अदालत रुपन्देहीमा दायर अभियोगपत्र कांग्रेसका सांसदहरूलाई बाँडिएको छ।

कांग्रेसले यसअघि संसदीय छानबिन समिति नबनाउँदासम्म गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न नदिने अडान राख्दै आएको थियो। संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्