धादिङबेसीमा २ महिनादेखि पिउनेपानीको चरम अभाव, उपभोक्ता आक्रोसित



धादिङ ।
धादिङबेसी पुछारबजार क्षेत्रमा २ महिनाभन्दा बढी समयदेखि पिउनेपानीको चरम अभाव हुँदा उपभोक्ताहरु आक्रोसित भएका छन् तर पिउने पानी वितरण गर्खादै रकम असुल्नेदै आएको खानेपानी उपभोक्ता समितिले भने सामान्य रुपमा लिएर उपभोक्ताप्रति वेवास्ता गर्दै आएको छ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा पर्ने एमाले चोकदेखि बसपार्कसम्म, दुरसंचारचोकसम्म, गणेशमार्ग क्षेत्र आदीमा पानी आउन छाडेको उपभोक्ताहरुले सास्ती खेपेको विषय खानेपानी उपभोक्ता समिति र नीलकण्ठ नगरपालिकामा समेत जानकारी गराएपनि बेवास्ता गरेको उपभोक्ताहरुको गुनासो छ ।

खानेपानी अभावले कयौँदिन खाना बनाउन नपाएको, नियमित रुपमा लगाधुन नपाएर विद्यार्थीहरु मैलो लुगाएर विद्यालय जाने गर्नु परेको यसक्षेत्रका उपभोत्ताहरुको भनाइ छ । पानी नआएको २ हप्ताभन्दा बढि समय भएको र सम्बन्धित निकाय, खानेपानी उपभोक्ता समितिलाई पटक पटक जानकारी दिँदा समेत वेवास्ता गरेको उपभोक्ता लालकाजी श्रेष्ठले बताउनुभयो ।

एमाले चोक, गणेशमार्ग, विद्यासागर मार्ग, शान्तबजार, बसपार्क, पुलचोक टोल आदी स्थानमा पानी नआएपछि उपभोक्ताहरु मर्कामा परेका छन् । कतिजनाले त खाना समेत खान नपाएको र होटलमा गएर खाना खानु परेको श्रेष्ठको भनाइ छ । करिब एक हजार घरमा पानी आउन छाडेको छ । घरभित्र पानी नआएको त वर्षदिनभयो । घर बाहिर सानो पानी आउथ्यो तर अहिले पानी नआएपछि उपभोक्ताहरु समस्यामा परेको अर्को उपभोक्ता बालकृष्ण खत्रिको भनाइ छ ।

पानी अभापबारे गुनासे सुनुवाई नभएको र उपभोक्ताले नियमित शुल्क तिरेर पनि सेवा नपाएको विषयमा सुनुवाई नभएको धादिङबेसी क्षेत्रका उपभोक्ताको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्